१५ दिनपछि बस दुर्घटनामा बेपत्ता भएका शिशुको शव भेटियो
मेरोन्यूज
२०७९ जेठ २३ गते १८:२४
धनगढी । बस दुर्घटना हुँदा बेपत्ता भएका अछामको कमलबजार नगरपालिकाका १८ महिने शिशुको नदी किनारमा शव फेला परेको छ ।
कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस यही जेठ ७ गते डोटीको शिखर नगरपालिका १ गेरु पानी भन्ने स्थानमा दुर्घटनामा परेको थियो । बस सेती नदी किनारमा खेसेको थियो ।
बस दुर्घटना भएको १५ दिनपछि बेपत्ता बालक सुजंग शाहीको दिपायल सिलगढी नगरपालिका ४ स्थित रेडियो नेपाल नजिककै नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।
बालकका परिवारलाई शव बुझाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूपसिंह थापाले बताए । बस दुर्घटनामा परी मृतक बालकका आमाबुवासहित १२ जना घाइते भएका थिए ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया