पाकिस्तानमा पोलियो नियन्त्रणमा चुनौतीः आठौँ बालकलाई पक्षघात

इस्लामाबाद । पाकिस्तान र अफगानिस्तान विश्वका दुई बाँकी देशहरू हुन् जहाँ पोलियोलाई अझै पनि स्थानीय भाइरल संक्रमणको रूपमा वर्गीकृत गरिएको छ । पछिल्लो समय पाकिस्तानको अवस्था बिग्रिएको छ ।
बेलायती समाचार संस्था दि गार्जियनका अनुसार अफगानिस्तानको सिमानानजिक उत्तरी वजिरिस्तान जिल्लामा गत महिना आठ पोलियोका केस रिपोर्ट गरिएका छन् ।
केसमा भएका बृद्धिप्रति अधिकारीहरू चिन्तित छन् । किनभने रिपोर्ट गरिएका केसहरू एक वर्ष भन्दा बढीको अवधिमा पहिलो पटक देखिएका हुन् । पोलियोका कारण गत वर्षको जनवरीमा एक बच्चामा पक्षाघात भएको थियो ।
‘भाइरस नियन्त्रण गर्न हाम्रो तर्फबाट सक्दो प्रयास गरेका छौँ र अन्त्यसम्म हामी लडिरहेनेछौँ’ पोलियो उन्मुलसम्बन्धी राष्ट्रिय कार्यक्रम संयोजक शहजाद बेगले भने ।
अधिकारीहरूका अनुसार पछिल्लो प्रकोप सम्भवतः आमाबाबुले आफैं र आफ्ना बच्चाहरूलाई खोप लगाएको गलत रूपमा चिन्ह लगाउदा भएको हो ।
सो भूभाग तालिबानको कडा पकड रहेको क्षेत्र पनि हो । पाकिस्तानका निश्चित क्षेत्रमा अझै पनि खोप अस्वीकार दर उच्च छ, जसका कारण भाइरस नियन्त्रणमा चुनौती थपिएको छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया