दोहोरो अंकले घट्यो नेप्से
मेरोन्यूज
२०७९ जेठ २६ गते १५:४२

काठमाडौँ । सेयर बजार नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । बुधबार ६० अंकभन्दा बढीले वृद्धि भएकोमा आज पुनः दोहोरो अंकले गिरावट आएको हो ।
आज १७.५८ अंकले घटेको नेप्से २०६२.८६ बिन्दुमा रोकिएको छ । बिहीबार सबै उपसमूह राताम्य रहँदा सबैभन्दा धेरै वित्त र विकास बैंकका लगानीकर्ताले गुमाए ।
आज ३० हजार ७६२ कारोबारबाट ४१ लाख ५६ हजार १०४ कित्ता सेयर किनबेच भएको छ । जसबाट एक अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ रहेको छ ।
बिहीबार उपकार लघुवित्तको कारोबारमा सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेर २४६ रुपैयाँ पुग्यो ।
आज सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंक, प्रमोटर सेयरको मूल्य ६.६१ प्रतिशतले घटेर २३६ रुपैयाँ पुगेको छ ।
सम्बन्धित















कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान
महेन्द्रनगरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
किमजोङ र उनकी छोरीबाट नयाँ पेस्तोल परीक्षण
नाडा निर्वाचनसम्बन्धी रिट अदालतद्वारा खारेज, नयाँ कार्यसमितिको शपथ ग्रहणको बाटो खुल्यो
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
प्रतिक्रिया