शुरुवाती ब्याट्सम्यान चल्न नसक्दा नेपाल ओमानसँग पराजित

अमेरिकामा भइरहेको आईसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ ।
अमेरिकाको टेक्सासस्थित मोसा क्रिकेट मैदानमा ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभर सकिन २ बल बाँकी रहँदा मात्र १ सय ९८ रन जोड्न सक्यो । ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ बलमा सबै विकेट गुमाउन पुगेको थियो ।
शुरुवाती राम्रो गर्न नसकेको नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय इनिङ खेले । देव खनालले ३४ तथा रोहितकुमार पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन जोडेपनि नेपालको जितका लागि पर्याप्त भएन । त्यस्तै विनोद भण्डारीले १४, सोमपाल कामीले १३, डेब्यु खेलाडी सुनिल धमलाले १२, करण केसीले ८ रन जोडे ।
ओपनर सुवास खकुरेलले ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा पवेलियन फर्किंदा सुशन भारी शुन्य रनमा अविजित रहे ।
बलिङतर्फ ओमानका जिसन मक्सुद र खवर अलिले ३/३ विकेट लिए । बिलाल खानको नाममा २ विकेट रह्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो । ओमानका लागि जिसन मक्सुदले अविजित रहँदै १ सय ४ रनको शतकीय इनिङ खेले ।
खवर अलिले ३० रन जोड्दा सोयब खानले २७ रन बनाए । सुरज कुमार १२ रनमा आउट भए । नेपालका करण केसीले ३८ रन खर्चिएर ५ विकेट लिए । करण सोमपाल कामी र सन्दीप लामिछानेपछि एकदिवसीय अन्तराष्ट्रियको एकै खेलमा ५ विकेट लिने नेपालका तेस्रो खेलाडी पनि बनेका छन् ।
यस्तै सन्दीपले २ तथा सोमपालले १ विकेट निकाले । खेल सकिएपछि सञ्चारकर्मीहरुसँग कुराकानीमा कप्तान सन्दीप लामिछानेले ब्याटिङमा चुध्दा सामान्य लक्ष्य पनि भेट्टाउन नसकेको बताए । उनले आवश्यक बेलामा पार्टनरशीप र रनरेट निकाल्न नसक्नु पनि अर्को समस्या भएको बताए ।
उनले भने, ‘हामी ब्याटिङमा चुक्न पुग्यौँ । हामीले पार्टनरशीप राम्रो बनाइरहेको बेलामा विकेटहरु धमाधम गुमाउनु प¥यो । हामीले जुन बोमा पार्टनरशीप र रनरेट चाहिएको थियो, उल्टो गरिरहेका थियौँ त्यो बेलामा । हामीले धेरै बल डट पनि खायाँै । त्यो हाम्रो कमजोरी हो ।’
यस हारसँगै नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब नेपालले दोस्रो खेलमा आयोजक अमेरिकाविरुद्ध शनिवार खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।


















भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया