बालुवाटारमा गठबन्धनको शीर्ष नेताहरूबीच भेटवार्ता
मेरोन्यूज
२०७९ जेठ ३० गते २१:०३

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।
वार्तामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू रहेका छन् ।
स्रोतका अनुसार पार्टीको कार्यक्रमका लागि बर्दिया पुगेका प्रचण्ड फर्किएसँगै गठबन्धनका नेताहरूबीच भेटवार्ता भएको हो ।
बैठकमा प्रधानमन्त्रीको अमेरिका भ्रमणलगायत समसामयिक विषयमा छलफल हुने भएको छ ।
सम्बन्धित


















चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया