मिटरव्याजी रामदेव साहबाट ठगिएका पीडितहरूलाई प्रमाणसहित आउन प्रहरीको आग्रह

सप्तरी । सप्तरीको कुख्यात मिटरब्याजी रामदेव साह तेली परिवारबाट ठगिएका पीडितहरुलाई प्रमाणसहित सम्पर्कमा आउन प्रहरीले आह्वान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीदले बुधबार एक सूचना जारी गर्दै प्रमाणसहित इलाका प्रहरी कार्यालय कल्याणपुरमा सम्पर्क गर्न आह्वान गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रहरी निरीक्षक भानु खड्काद्वारा जारी सूचनामा तेली परिवारबाट ठगी भएको भए आबश्यक प्रमाण लिई सम्पर्कमा आउन अनुरोध गरेको हो ।
खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुर स्थायी वतन भएका रामदेव साह,उनका श्रीमति शिव कुमारी देवी साह, छोरा नन्दकिशोर साह, छोरीहरु रेणु कुमारी साह, अनुराधा कुमारी साहसमेतले बिभिन्न मानिसलाई मालपोत कार्यालयमा धितो स्वरुप घरजग्गा तथा अन्य जायजेथा रजिष्ट्रेशन गराई चर्को ब्यजमा ऋण लगानी गर्ने गरेको र लिएको ऋण रकमको साँवा ब्याज समेत चुक्ता गर्दा समेत घरजग्गासहित फिर्ता नगरी ठगी गर्दै आएको भनि यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा पीडितहरुको जाहेरी दर्खास्त परी अनुसन्धान भईरहेको सुचनामा जनाएको छ।
साहसहित परिवारले ठगी गरेको भए पीडितहरू आबश्यक प्रमाणसहित आउन प्रहरीले सुचनामार्फत पीडितहरुलाई आग्रह समेत गरेको छ ।
सर्वसाधारण मानिसको घरजग्गा समेतको जायजेथा धितो राखी चर्को व्याजमा ऋण लिई रकम चुक्ता गर्दा समेत घरजग्गा समेतको जायजेथा नपाई वा अन्य कुनै किसिमले ठगी गरेको भए प्रमाणसहित लिई यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय कल्याणपुरमा सम्पर्क राख्न सर्वसाधारण सबैमा जानकारीको साथ निनम्र अनुरोध छ, भनी जिल्ला प्रहरी कार्यालयले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
मिटर ब्याजी रामदेव साह तेलीका छोरा नन्दकिशोर साह, छोरी अनुराधा कुमारी साहलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ। मुख्य अभियुक्त रामदेवलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया