बिहीबार, माघ ८, २०८२

ताप्लेजुङमा पहिरोले पुरिएर सासुबुहारीको मृत्यु 

मेरोन्यूज २०७९ असार ३ गते ८:५०

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका सासु बुहारीको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै गएराति घर माथिबाट झरेको पहिरोले पुरिएर सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सासुबुहारीको मृत्यु भएको हो ।

सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोका अनुसार पहिरोले पुरिएर सासु तुलसा अधिकारी र बुहारी यसोधा अधिकारीको मृत्यु भएको हो । मृतक दुवैजनाको सव शुक्रबार बिहान स्थानीयले पहिरोले पुरिएको अवस्था फेला पारेका उपाध्यक्ष माबोले जानकारी दिए ।

प्रतिक्रिया