अमेरिका भ्रमणमा मेरो तहबाट कुनै सम्झौता हुँदैन : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा पुगेका प्रधानसेनापति शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे स्पष्ट पार्दै सेनाले सैन्य गठबन्धनको सम्झौता नगर्ने र नगरेको बताएका थिए ।
त्यही क्रममा उनले आफनो असार १३ गतेबाट हुन लागेको अमेरिका भ्रमणमा पनि कुनै सम्झौता गर्ने कार्यक्रम नै नरहेको प्रष्टाएका हुन् ।
‘अमेरिका भ्रमणमा मेरो तहबाट कुनै सम्झौता हुने कार्यक्रम छैन,’ प्रधानसेनापति शर्माले भने,-‘अहिले सार्वजनिक भएको एसपीपीको डकुमेन्ट सरकारी होइन । यसमा हाम्रो संलग्नता पनि छैन । यो कुनै प्रकारले बाहिर आएको हुनसक्छ ।’
प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम छ।
त्यस्तै सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र साँचो भएको प्रधानसेनापति शर्माले प्रष्ट पारे । तर त्यो भूकम्पका बेला लेखिएको र त्यो सैन्य गठबन्धनका लागि नभएको पनि बताए ।
‘सेनाले लेखेको चिठी बाहिर निस्केर सनसनी फैलाएको वाला सत्य हो । २७ अक्टोबर २०१५ मा लेखेको हो । नेपालमा भर्खर भूकम्प आएर २७ देशबाट सैनिक आएर मित्रराष्ट्रका सैनिक गैरसैनिक आएको लेखिएको साँचो हो । यो चिठीको सैन्य गठबन्धन हुन होइन । यो चिठी लेख्दैमा सैन्य गठबन्धन हुने कुराको म विरोध गर्न चाहन्छु,’ प्रधानसेनापतिले भने ।
















सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया