इसेवामा बैंक एकाउन्ट लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक

काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवाले ५५ मिनेटको धमाका अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत असार ५ गते आइतबार बैंक एकाउण्ट लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइने छ ।
आइतबार साँझ ५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउण्ट लिंकमार्फत कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइने भएको हो । इसेवाले आम ग्राहकले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो ।
इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।













चुरोटभन्दा हानिकारक हुक्का
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया