महालक्ष्मी बैंकका ग्राहकलाई ग्यालेक्सी क्लिनिकमा छुट
मेरोन्यूज
२०७९ असार ५ गते १२:०५

काठमाडौँ । ग्राहकलाई सरल वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेड र महाराजगञ्ज काठमाडौंमा अवस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रा.लि.बीच सहकार्य गर्ने सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंकले हाल देशभर कूल १०३ वटा शाखामार्फत ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा दिँदै आएको छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया