तीन जना अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । कञ्चनपुर र सुनसरीबाट तीन जनालाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाबाट करिब २ सय २० मिलिग्राम अवैध लागूऔषध कालो हेरोइनसहित २ जनालाई शनिबार साँझ प्रहीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा टीकापुर नगरपालिका–९ बस्ने ३१ वर्षीय रबिन शाही र बेलडाँडी गाउँपालिका–२ ढकनिया बस्ने ६२ वर्षीय राजेन्द्र सिंह बिष्ट रहेका छन् ।
प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिओपि भुडाबाट संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली बस्ने रित बहादुर राईलाई करिव दुई किलो अवैध लागूऔषध गाँजासहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष ससूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सर्लाहीमा ७ किलो गाँजासहित दुई जना पक्राउ
अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु
बैतडी ट्याक्टर दुर्घटना : यी हुन् मृतक र घाइते
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिक्रिया