एनसीसी बैंकको साढे २६ लाख कित्ता सेयर लिलामीमा
मेरोन्यूज
२०७९ असार ६ गते ११:३०

काठमाडौँ । एनसीसी बैंकले १ असारदेखि २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको छ ।
यस लिलामी सेयरमा बैंककै संस्थापक सेयर धनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्ने छन् । यसमा न्यूनतम १४२ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्ने छ ।
लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने छन् । यसमा १५ असारसम्म आवेदन दिन मिल्नेछ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौँमा पुग्ने गरी आवेदन बुझाउनु पर्ने छ । लिलामी सेयरको शिलबन्दी १६ असार बिहान ११ बजे सनराइज क्यापिटल कमलपोखरी काठमाडौँमा खोलिने छ ।
सम्बन्धित













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया