पेट्रोलिय पदार्थको मूल्य वृद्धिविरुद्ध देशभर प्रदर्शन
डिजेलमा १५ र पेट्रोलमा १० प्रतिशत मूल्य वृद्धि

काठमाडौँ । पछिल्लो समय निरन्तर बढ्दै आएको पेट्रोलिय पदार्थको मूल्य पुनः बढेको छ । नेपाल आयल निगमले आजदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो ।
पछिल्लोपटक निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टीतेलमा १५ प्रतिशतसम्म मूल्य वृद्धि गरेको छ । यस्तै, पेट्रोलमा १० प्रतिशतले मूल्य वृद्धि गरेको छ । एकैपटक डिजेल र मट्टीतेलमा २७ रुपैयाँ मूल्य वृद्धि हुँदा पेट्रोलमा २१ रुपैयाँ वृद्धि भएको हो ।
निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै देशका विभिन्न भागमा प्रदर्शन भएको छ । निगमले व्यापार घाटा कम गर्ने भन्दै भारी मात्रामा मूल्य वृद्धि गरेपछि सर्वसाधरणदेखि व्यवसायीसमेत प्रदर्शनमा उत्रिएको हो ।
प्रदर्शनकारीले देशका विभिन्न भागमा राजमार्ग अवरुद्ध गरेका छन् । यस्तै यातायात व्यवसायीले विरोध गर्दै सरकारको नीतिविपरीत भारी मात्रामा भाडा वृद्धि गरेको छ ।
प्रदर्शनकारीले कोसी राजमार्गअन्तर्गत विराटनगरको राजवशी चोक सडक खण्ड सोमबार बिहानैदेखि अवरुद्ध गरेका छन् । उनीहरूले मुख्य सडकमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् ।
यस्तै, पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा प्रदर्शन गरेको छ । बुटवल बहुमुखी क्याम्पसअगाडि सडकमा विद्यार्थीहरूले बिहानैदेखि मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै विरोध गरेका हुन् । उनीहरूले सडकमा टायर बालेर सवारी साधनलाई चल्न दिएका थिएनन् ।
प्रदर्शनमा बोल्दै अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले नागरिकलाई राहत दिनुभन्दा निरन्तर पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरी जनताको ढाड सेकेको बताए । उनले मूल्य वृद्धि फिर्ता नभए जिल्लाभर आन्दोलन चर्काउने चेतावनी दिए ।
यसैगरी कास्कीका यातायात व्यवसायीहरूले पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको भन्दै आफूखुसी सवारी भाडा बढाएका छन् । उनीहरूले आन्दोलन गर्नुभन्दा भाडा बढाएर सेवा दिने बताए । तर, सरकारले बनाएको नीतिविपरीत व्यवसायीहरूले १५ प्रतिशतसम्म भाडा वृद्धि गरेका छन् ।
विधानतः पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भाडा समायोजन यातायात व्यवस्था विभागले गर्दै आएको छ । तर, व्यवसायी आफैंले सरकारलाई अटेर गरी भाडा बढाएको हो । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले सरकारले गर्दा आफूहरले भाडा बढाउन बाध्य भएको बताए ।
‘हामीलाई कुनै रहर छैन, यो हाम्रो बाध्यता हो, बजारमा चरम मूल्यवृद्धि छ, यो अवस्थामा गाडी भाडामात्र सस्तो कसरी बनाउन सकिन्छ ?,’ उनले भने, ‘बन्द हट्ताल गर्नुभन्दा भाडा बढाएर यात्रुलाई सेवा दिनु उपयुक्त ठान्यौँ, यसबाट परेको असरप्रति क्षमताप्रार्थी छौं ।’
पृथ्वी राजमार्ग कम्पनीबाट चल्ने सबै गाडीमा भाडा बढेको हो । यसअघि चैतमा पनि कम्पनीले आफूखुसी २० प्रतिशत भाडा बढाएको थियो ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) नेपालले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । संगठनले एक विज्ञप्ति जारी गर्दै चेतावनी दिएको हो ।
‘मूल्यवृद्धि तत्काल फिर्ता नलिए जस्तोसुकै आन्दोलन गर्न पनि राप्रविसं नेपाल तयार रहेको र यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी सरकारले लिनुपर्ने प्रष्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि मूल्य वृद्धिविरुद्ध सरकारको विरोध गर्ने तयारी गरेको छ । सरकारमै सहभागी दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतबार दिउँसो सम्पादकहरूसँग कुरा गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने तयारी भए पनि आफूले नगर्न भनेको बताएका थिए ।
आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ वृद्धि गर्दै प्रतिलिटर १९२ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले वृद्धि गर्दै प्रतिलिटर १९९ रुपैयाँ बनाएको थियो । हवाई इन्धनको मूल्यको पनि वृद्धि हुँदा एलपी ग्यासको मूल्य यथावत राखेको छ ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया