निक्षेप संकलन र कर्जा प्रबाहमा नेपाल बैंक पहिलो

नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्धि भएको बताएको छ। गत बैशाखमा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्धि आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको छ।
बैशाखसम्म नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले बृद्धि भएको उल्लेख गरिएको छ। कर्जा विस्तार ३१.९८ प्रतिशतले बृद्धि भएको बैंकले बताएको छ। २७ बाणिज्य बैंकहरुमध्ये १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको उल्लेख गरिएको छ। ८ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको बैंकको भनाई छ। बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्धिदर ६.२३ प्रतिशत छ। त्यसैगरी २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तार भएको बैंकले बताएको छ।
औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४३ प्रतिशत बढेको उल्लेख गरिएको छ। वैशाख मसान्तसम्ममा बाणिज्य बैंकहरुसंग कुलनिक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । कुलकर्जा प्रबाह ४१ खर्ब ९१ अर्ब रुपैयां पुगेको बैंकको भनाई छ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुशार यस अवधिमा १८ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात नेपाल राष्ट्र बैंकले तोकेको सीमा (९० प्रतिशत)भन्दा बढीे देखिएको बैंकले बताएको छ। औसतमा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०।८८प्रतिशत रहेको उल्लेख गरिएको छ।
नेपाल बैंकले देशभर २१३ शाखा, १७० एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाखग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको दाबी गरेको छ।













चुरोटभन्दा हानिकारक हुक्का
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया