धनुषा जिप्रकाका तत्कालिन नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड ४४ लाख बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय (जिप्रका) धनुषामा कार्यरत तत्कालीन नायव सुव्वा गणपति झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीसँग २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ बिगो दाबी गरिएको छ ।
झाले विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा झाले २०३९ मंसिर ९ गते गाविस सचिव (रा.प.अनं.द्वितीय) पदबाट सार्वजनिक सेवामा प्रवेश गरी तत्पश्चात विभिन्न पद तथा कार्यालयमा कार्यरत रही २०७८ साल श्रावण महिनाबाट अवकाश पाएको देखिएको थियो ।
परीक्षण अवधि २०३९/४० देखि २०७७/७८ सम्ममा उनले २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ । व्ययतर्फ ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको छ ।
अनुसन्धानका क्रममा झाले २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ अवैध आर्जन गरेको पाइएको हुँदा उनीविरुद्ध मुद्दा दायर गरिएको बुधबार एक विज्ञप्ति जारी गरी अख्तियारले जनाएको छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया