नेप्से परिसूचक ४५.२५ अंकले गिरावट

काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले गिरावट आएको छ । बिहीवार नेप्से परिसूचक ४५.२५ अंक घटेर १८४८.२८ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७।०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४० अंकले घटेको छ ।
बिहीवार कारोबारमा आएका २३७ कम्पनीको ५० लाख ८ हजार कित्ता शेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये विकास
बैंक, वित्त र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।
त्यस्तै, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
बिहीवार नेप्से परिसूचक उच्च गिरावट आएपनि दुई कम्पनीको शेयर कारोबार भने सकारात्मक सर्किट लेभलमा भएको छ । जसमा आँधीखोला लघुवित्त र सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यता शिवश्री हाइड्रोपावर र लिबर्टी इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ भने सामलिङ्ग पावर कम्पनी र जोशी हाइड्रो पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा साढे ९ करोडभन्दा बढीको शेयर कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । लक्ष्मी बैंकको ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।















ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
प्रतिक्रिया