सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन खुला

काठमाडौं । सिद्धार्थ बैंकले आज ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
योमध्ये ८० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । सिद्धार्थले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.७५ ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गरेको छ । यस ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन पाइनेछ । सो समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने असार २४ गतेसम्म खुला रहनेछ ।
न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।















लागुऔषधसहित तेह्र जना पक्राउ
कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
यस्तो छ आजकाे लागि फलफूल तथा तरकारीकाे मूल्य
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
प्रतिक्रिया