टीभीएस बाइकको नयाँ मोडल सार्वजनिक

काठमाडौँ । जगदम्बा मोटर्सले टीभीएसको तीन वटा राइड मोड उपलब्ध भएको छ । अपाच्चे आरटीआर १६० ४ भीको नयाँ मोडल नेपाली बजारमा ल्याएको हो ।
टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बिहीबार उक्त नयाँ आरटीआर १६० ४ भी आरटीएफआई तथा युरो ६ मापदण्ड भएको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो ।
मोटरसाइकलको युरो ६ मापदण्ड भएको मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष्ट ३ राइड मोडमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसमा उपलब्ध हुने तीन वटा राइड मोडमा रेन, अर्वन र स्पोर्ट रहेका छन् । जसलाई चालकले सहजता र परिस्थितिका आधारमा मोटरसाइकल कुदाउँदा आवश्यकताअनुसार परिवर्तन गर्न सक्ने छन् ।
यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने छ । यसैगरी मोटरसाइकलको अर्को पक्ष भनेको रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटीएफआई) टेक्नोलोजी युक्त युरो ६ मापदण्डसहितको इञ्जिन रहेको छ ।
आरटीएफआई भनेको फ्युल इन्जेक्सन प्रणालीले इलेक्ट्रोनिक कम्पोनेन्ट र सेन्सरको कम्प्लेक्स सेट समावेश गर्ने टेक्नोलोजी हो । यो प्रणाली इन्धनको प्रवाह नियन्त्रण गर्न इन्धन पम्पमा निर्भर हुन्छ ।
यो इन्धन पम्प बाइकको इन्धन ट्यांकीभित्र रहेको छ । आरटीएफआई टेक्नोलोजीयुक्त इञ्जिनले माइलेजमा वृद्धि गर्छ । युरो ६ मापदण्डको इञ्जिन वातावरणमैत्री हुन्छ ।
यस मोटरसाइकलमा स्मार्ट एक्स कनेक्ट फिचर रहेको छ । जसको सहायताले मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्नबाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग, लेन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् ।
यात्रा गर्दा अरु सामान्य मोटरसाइकलभन्दा अतिरिक्त फाइदा दिने कम्पनीले दाबी गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ यो बाइकको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया