क्यानडामा ३० हजार वर्ष पुरानो म्यामोथ फेला
ओटाबा । उत्तर–पश्चिमी क्यानडामा जमेको अवस्थामा एउटा वुली म्यामोथ फेला परेको छ । सो म्यामोथ ३० हजार वर्षभन्दा पुरानो भएको विश्वास गरिएको छ । उक्त म्यामोथलाई मंगलबार युकोनको क्लोन्डाइक क्षेत्रमा सुन खानीहरूले फेला पारेका थिए । बुली म्यामोथ हात्ती प्रजातिको प्राणी हो । यसको लामो सुँड हुन्छ ।
युकोन सरकारले यसलाई सन् २००७ मा साइबेरियामा रसियाले फेला परेको बच्चा म्यामथसँग तुलना गरेको छ । उक्त पोथी बच्चाको नाम नुन चो गा राखिएको छ, जसको अर्थ उक्त क्षेत्रका मूल अमेरिकीहरूले बोल्ने हान भाषामा ‘ठूलो बच्चा जनावर’ हो ।
‘नन चो गा सुन्दर छ र संसारमा फेला परेको सबैभन्दा अविश्वसनीय ममीफाइड हिमयुग जनावरमध्ये एक हो’, युकोनका जीवाश्मविद ग्रान्ट जाजुलाले भने ।
‘यो सन् २००७ मा फेला परेको साइबेरियन बेबी ल्युबा जत्तिकै आकारको छ,जुन ४२ हजार वर्ष पुरानो थियो’, युकोन सरकारले एक प्रेस विज्ञप्तिमा भन्यो ।
















नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया