नेप्से परिसूचकमा उछाल, झण्डै सय अंकले बढ्यो
मेरोन्यूज
२०७९ असार १२ गते १५:३३

काठमाडौँ । साताको पहिलो दिन आज सेयर बजारमा भारी वृद्धि भएको छ । लगानीकर्ताको १९ बुँदे माग पूरा गर्ने सम्बोधन भएसँगै आइतबार पुँजी बजारमा सुधार आएको हो ।
आज नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँको कारोबार भएको छ ।
उक्त रकम बराबरको कारोबार हुँदा सर्वाधिक कुमारी बैंकको शेयर खरिद बिक्री भएको छ । बैंकको एकैदिन ८ करोड ६४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिष्टिलरीको ८ करोड ३७ लाख, ङादी ग्रुप पावरको ८ करोड ३३ लाख, नबिल बैंकको ६ करोड ७६ लाख र शिवम् सिमेन्ट्सको ५ करोड ४१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।
सम्बन्धित
















‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया