जी-७ समूह राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने
मेरोन्यूज
२०७९ असार १३ गते ८:३५

न्युयोर्क । मस्कोमाथि थप प्रतिबन्ध लगाउने पहलस्वरुप जी— ७ समूह राष्ट्रले रुसी सुन आयातमा प्रतिबन्ध लगाउने भएको छ । यसबारे औपचारिक रुपमा मंगलबार घोषणा हुने जनाइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्, ‘एकसाथ जी— ७ समूहले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौं ।’ जी७ समूहका सदस्य राष्ट्रले अर्बौ डलर बराबरको सुन निर्यात गर्छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी सुनमाथिको प्रतिबन्धले ‘रूसी कुलीन वर्गलाई प्रत्यक्ष असर गर्ने र पुटिनको युद्ध मेसिनको मुटुमा प्रहार गर्ने’ टिप्पणी गरेका छन् ।
पुटिनले अर्थहीन र बर्बर युद्धमा आफ्नो घट्दो स्रोतहरू खेर फालिरहेको उनले आरोप लगाए । उनले युक्रेनी र रूसी जनता दुवैको खर्चमा आफ्नो अहंकार प्रदर्शन गरेकोसमेत आरोप लगाए ।
सम्बन्धित















लागुऔषधसहित तेह्र जना पक्राउ
कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
यस्तो छ आजकाे लागि फलफूल तथा तरकारीकाे मूल्य
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया