बिहीबार, फागुन २८, २०८२

एनआईसी एसिया बैंककाे एयर टिकट बुकिङमा २० प्रतिशत ‘क्यासब्याक’ याेजना

मेरोन्यूज २०७९ असार १३ गते ११:२९

काठमाडौं । एनआईसी एसिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ ९एनआईसी एशिया मोबैंक० एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यासब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले १२ असारदेखि १८ असारसम्म लागू हुने गरी ल्याएको हो । डिजिटल बैंकिङको अवधारणाअनुरुप एनआईसी एसिया मोबाइल बैंकिङमार्फत टिकट बुकिङमा ग्राहकले पहिलो टिकट बुकिङमा ५०० अधिकतम एवं दोस्रोपटकबाट १०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस एपबाट निक्षेप खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाइन खाता खोल्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको जानकारी, मोबाइल टपअप, आईपीओ आवेदनलगायतका सुविधा ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा उपभोग गर्न सक्नेछन् ।

प्रतिक्रिया