स्थानीयलाई रसुवागढी हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु ६८ करोड ४२ लाख १० हजार मूल्य बराबरको ६८ लाख ४२ हजार १०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको हो ।
आयोजनाले प्रभावित रसुवा जिल्लावासीका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ६८ लाख ४२ हजार १०० कित्ता शेयर आयोजनाबाट अतिप्रभावित गोसाइकुण्ड गाउँपालिका–१ र २, प्रभावित आमाछोदिङ्मो गाउँपालिका–४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिकाका ३, ४, ५ र ६ का साथै सामान्य प्रभावित उल्लेखित क्षेत्रभन्दा बाहिर बसोबास गर्ने जिल्लावासीमा ४.५ः १.५ः १ का दरले शेयर बाँडफाँड गरिने आह्वानपत्रमा उल्लेख छ ।
जिल्लाका स्थानीय बासिन्दाले आजदेखि असार २७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन १० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
कम्पनीले रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका हुँदै बहने भोटेकोसी नदीमा १११ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । रासस















Nepal Reaffirms Strong Support for UNIFIL and Safety of Peacekeepers
पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आरनको भरमा लुहार दम्पतीको जीविका
सुदूरपश्चिममा ४१ हजार मत बदर
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया