नाह्यानप्रति श्रद्धाञ्जली दिन भारतीय प्रधानमन्त्री मोदी युएईमा

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार अबुधाबी पुगेका छन् । अबुधाबीका पूर्व शासक तथा युएईका पूर्व राष्ट्रपति स्वर्गीय शेख खालिफा बिन जायद अल नाह्यानप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनी अबुधाबी पुगेका हुन् । उनको गत मे १३ मा निधन भएको थियो ।
जर्मनीमा भएको जी ७ शिखर सम्मेलन सम्पन्न गरेर स्वदेश फर्किने क्रममा मोदीले अबुधाबीको भ्रमण तय गर्नु भएको हो । उनले अबुधाबीमा रहेका बेला वर्तमान नयाँ राष्ट्रपतिसँग भेटवार्ता पनि गर्ने जनाइएको छ ।
युएईका दोस्रो राष्ट्रपति खेश खालिफाको निधनपछि शेख मोहम्मद बिन जायद अल नाह्यान राष्ट्रपति बनेका छन् । नवनियुक्त राष्ट्रपति शेख मोहम्मदलाई प्रधानमन्त्री मोदीले भेटेर बधाई दिएका थिए । उनी युएईको तेस्रो राष्ट्रपति बनेका हुन् ।
अबुधाबीको शासक तथा युएईको राष्ट्रपतिमा निर्वाचित भएपछि खेश मोहम्मदसँग मोदीको पहिलो भेट हो । मोदीलाई स्वागत गर्न राष्ट्रपति खेश विमानस्थलमै पुगेका थिए ।
भेटवार्ताका क्रममा उनीहरूले आपसी सहकार्य र सहयोग आदान प्रदानका बारेमा कुराकानी गर्नुका साथै आपसी सम्बन्ध थप बलियो बनाउने बारेमा पनि छलफल गर्ने भारतीय विदेश मन्त्रालयका अधिकारीले जनाइएका छन् ।
















वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
मनोहराको सुकुमवासी बस्ती भत्काइँदै
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया