प्रज्वल र कसिन साफ यु-२० को निर्णायकमा
मेरोन्यूज
२०७९ असार १५ गते १५:२२

काठमाडौं । नेपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । फिफा रेफ्री प्रज्वल र फिफा असिस्टेन्ट रेफ्री किसनले साफमा नेपालको प्रतिनिधित्व गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
दुबैले एकै पटक सन् २०२१ मा फिफा ब्याज प्राप्त गरेका थिए । चौथो संस्करणको साफ आगामी २५ जुलाईदेखि ५ अगष्टसम्म भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुँदै छ । जसमा नेपाल र भारतसहित बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी चार देशले सहभागीता जनाउनेछन् ।
सिंगल राउण्ड रोविन पद्धतिमा हुने खेलको शीर्षस्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
हाल नेपाली टिमलाई मुख्य प्रशिक्षक मेघराज केसीले प्रशिक्षण गराइरहेका छन् ।
सम्बन्धित
















अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया