ठाउँ अभावमा आलोपालो सुत्छन् कैदीबन्दी

सुर्खेत । बीस जना कैदी बन्दी अट्ने क्षमता रहेको जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । सुधार गृहको रुपमा रहेको कारगारमा कैदीबन्दीलाइ बसाइ व्यवस्थापनको समस्यले गर्दा चुनौती थपिएको हो । १५ जना पुरुष र ५ जना महिलाको क्षमता रहेको कारगारमा अहिले ५४ जना कैदीबन्दी छन् ।
कारगारका नाइके कुशबहादुर महताराले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सुत्न र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताउदै आएका छन् । संख्य बढी हुँदा सुत्का लागि समस्या भएको छ । जेलर चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ जना कैदी र १९ जना थुनुवा गरी जम्मा ५४ जना कैदीबन्दी रहेको बताए । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर गिरी भनाइ छ ।
जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदी बन्दीहरूले वर्षाको समयमा राम्ररी सुत्न समेत नपाउने कैदी बन्दी दीर्घबहादुर नेपालीले बताए । साथीहरूले आलोपाले गरेर सुत्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताए । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले समस्या समाधानका लागि पहल जारी रहेको बताए । व्यवस्थापनमा उचित पहल नगरेको कैदीबन्दीहरुले गुनासो पोख्दै आएका छन् । जीर्ण भवन व्यवस्थापन राम्रो नहुँदा हैरानी खेप्नु परेको उनीहरुको भनाइ छ ।
















HoR elections: 88 polling stations ‘sensitive’ in Kavre
6 killed in police encounter in southern Pakistan
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेदेखि
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया