‘न्युजिल्याण्ड पठाउँछु’ भन्दै लाखौं ठगी गर्ने युवती प्रहरीको फन्दामा
मेरोन्यूज
२०७९ असार २२ गते १५:१५

काठमाडौं । न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ९ जनालाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नुवाकोटको विदुर नगरपालिका–७ घर भई हाल बुढानिलकण्ठ नगरपालिका(३ बस्ने २७ वर्षीय शोभा पौडेललाई पक्राउ गरेको हो । उनले सिन्धुली दुधौली नगरपालिका-१ बँका घर भई काठमाडौंको तीनकुने बस्ने ३१ वर्षीय नारायण बोगटीसहित ९ जनालाई ठगी गरेको आरोप छ ।
उनले प्रत्येक व्यक्तिलाई १२ लाख ५० हजार रुपैयाँ लाग्छ, त्यहाँ पुगेर प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काममा लगाइदिन्छु भनेकी थिइन्। मासिक एक लाख ७० हजार तलब हुने भन्दै प्रलोभनमा पारी उनी ६३ लाख २० हजार रकम लिएर सम्पर्कबिहीन भएको भन्ने उजुरी परेको थियो।
सम्बन्धित
















जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया