प्रचण्डलाई भेट्न खुमलटार पुगे लिउ

काठमाडौँ । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ प्रचण्ड निवास खुमलटार पुगेका छन् ।
सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट वार्ता गर्न खुमलटार पुगेका हुन् । उनीसहित चिनियाँ टोलीसमेत प्रचण्ड निवास पुगेका छन् ।
यसअघि होटलमा भेट्ने कार्य तालिका रहे पनि सोमबार दिउँसो लिउ प्रचण्डलाई भेट्न निवासमै पुगेका हुन् । लिउसँग भेट्न प्रचण्डसँगै नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन र पम्फा भुसाललगायतकाे उपस्थिति भएका छन् ।
नेपालमा संघ र प्रदेशको चुनाव नजिकिएसँगै उत्तरी छिमेकी मुलुक चीनको सीपीसीका विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आएका हुन् । उनी आइतबार नेपाल आइपुगेका हुन् ।
उनले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरिसकेका छन् ।
















सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया