स्कटल्यान्डले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध जितका लागि १४५ रनको लक्ष्य पाएको छ ।
स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले ४२.५ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनायो ।
नेपालका सोमपाल कामी, आदिल अन्सारी र करण केसीले उत्कृष्ट बलिङ गरेपछि स्कटल्यान्ड सस्तैमा समेटिएको हो ।
स्कटल्यानडका लागि नवौं नम्बर ब्याटिङ गर्न लागेको गाबिन मैनले सर्वाधिक ६४ रन बनाए । यस्तै, मार्क वाटले १७, सफयान शरिफले १६, कालुम म्याकलोड १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका सोमपालले १० ओभरमा ४० रन दिएर तीन विकेट लिए । आदिल अन्सारीले १० ओभरमा एक मेडनसहित ३१ रन खर्चिएर तीन विकेट झारे । करण केसीले ९ ओभरमा ३१ रन दिएर एक विकेट लिए । कप्तान सन्दीपले १० ओभरमा ३५ रन दिएर दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो ।
श्रृंखलाका लागि स्कटल्यान्ड रहेको नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । यता, स्कटल्यान्डले नामिबियालाई ७७ रनले हराएको हो ।









जापानमा बेरोजगारी दर २.६ प्रतिशत
मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
कालीकोटमा सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो
विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया