खोटाङमा १३औं सितोरियो कराँते प्रतियोगिता, दिक्तेल डोजो प्रथम

खोटाङ । खोटाङको दिक्तेलमा आयोजित १३औं जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगितामा दिक्तेल डोजो प्रथम भएका छन् । नेपाल सितोरियो कराँते संघको आयोजनामा शनिबार आयोजना गरिएको प्रतियोगितामा १३ कास्य, १० रजत र १३ कास्य सहित दिक्तेल डोजोले प्रथम स्थान प्राप्त गरेको हो ।
जिल्ला खेलकुद विकास समितिको कबर्ड हलमा सञ्चालित प्रतियोगितामा ६ स्वर्ण, ८ रजत र १५ कास्य सहित हलेसी डोजो दोस्रो भएका छन् । यस्तै, ३ स्वर्ण, ३ रतज र १६ कास्य सहित जालपा डोजोले तेस्रो स्थान प्राप्त गरेको आयोजक नेपाल सितोरियो कराँते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।
कुल ८४ पदकका लागि भएको २२ इभेन्टको प्रतियोगीताका विजेता टिमलाई मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथिका रूपमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले विजेता टिमलाई मेडल र प्रमाण–पत्र हस्तान्तरण गरेकी छन् ।
प्रतिस्पर्धामा पुरुषतर्फ हलेसी डोजोका युनिस राई र महिलातर्फ दिक्तेल डोजोकी परिना राईले वेस्ट फाइटरको उपाधि जितेका छन् । अनुशासित टिमको उपाधि हलेसी डोजोले हात पारेका छन् । वर्ष उत्कृष्ट खेलाडी २०७८ को उपाधि भने दिक्तेल डोजोकी श्रेय राईले पाएकी छन् । उनीहरूलाई ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडी बिचारी तामाङ संयोजकत्वको टिमले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रम नेपाल सितोरियो कराँते संघका सदस्य एवं प्रतियोगीताका संयोजक अर्जुन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।
कोभिड–१९ को महामारीका कारण एक वर्ष रोकिएको जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता यसपल्ट आयोजना गरिएको हो । २०७७ चैतमा १३औं जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता आयोजना गरिएको थियो ।









जापानमा बेरोजगारी दर २.६ प्रतिशत
मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
कालीकोटमा सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो
विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया