इलामको पाटापुरलाई जलवायु अनुकूलताको नमूना गाउँ बनाईँदै

मंगलबारे । जिल्लाको रोङ गाउँपालिकालाई जलवायु अनुकूलताको नमूना गाउँ बनाउन काम सुरुआत गरिएको छ । विशेष गरी रोङ–६ को पाटापुरलाई नमूना गाउँ बनाउन विदेशी संस्थासँग सम्झौता भई काम थालनी गरिएको हो ।
एक वर्षसम्म सञ्चालन हुने सो कार्यक्रमअनुसार स्थानीयवासीसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिने छ । सम्झौताको कार्ययोजनाअनुसार जलवायु अनुकूलन गाउँ निमार्ण गर्न कृषक समूह गठन र दर्ता गर्ने तथा क्षमता अभिवृद्धिका लागि विभिन्न प्रविधि हस्तान्तरण गरिने छ ।
त्यस्तै कृषिमा यान्त्रिकीकरण र उत्पादनमा वृद्धि, सिँचाइ सुविधा, बजारीकरण, स्थानीयस्तरमा खानेपानी स्रोतको संरक्षण गुणस्तर मापन तथा सचेतना अभिवृद्धि सुधारिएको चुल्हो प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास)ले बताए ।
उनका अनुसार एक वर्षका लागि सञ्चालिन हुन लागेको परियोजना कार्यप्रगतिका आधारमा योजना विस्तार र थप गर्न सकिने भएको छ । रोङ–६ मा अवस्थित पाटापुर छिमेकी देश भारत र छिमेकी जिल्ला झापासँग जोडिएको एउटा विकट र पछाडि परेको गाउँका रुपमा लिइएको छ ।
जलवायु परिवर्तनका कारण विश्वमा अनेकन प्रभाव परिरहेको बेलामा जलवायुको अनुकूलताको अवस्थामा स्थानीय नागरिकको आर्थिक र सामाजिक अवस्था सुधार गर्न कार्यक्रम अगाडि बढाएको हो । जसका लागि नामसालिङ सामुदायिक विकास केन्द्र ९एनसिडिसी०को समन्यवयमा क्यानडाको भारतीय उच्च आयोग स्थानीय विकास कोषको सहयोगमा कार्यक्रम अगाडि सञ्चालन हुने छ ।
चालु आर्थिक वर्षमा वैदेशिक सहयोगमा कार्यक्रम सञ्चालन गर्न ५० हजार डलर खर्च गर्ने गरी गाउँपालिका र केन्द्रसगँ सम्झौता भएको हो । यस गाउँलाई नमूनाका रूपमा कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रम पूर्णरूपमा सफल भए अन्य गाउँहरूमा समेत सो कार्यक्रम विस्तार हुने जनाइएको छ । कार्यक्रम सञ्चालनपछि जलवायु परिवर्तनलाई न्यूनीकरण हुने गरी विभिन्न कार्यक्रम सञ्चालन हुने छन् । यसले स्थानीयलाई समेत प्रत्यक्ष फाइदा मिल्ने बताइएको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया