एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय नक्साल पुगेर भोलिदेखि लागू हुने गरी उनले सोमबार राजीनामा बुझाएका हुन् ।
पोखरेल निकट स्रोतका अनुसार प्रहरी नियमावली अनुसार ४५ दिनसम्म गयल हाजिर भएमा बर्खास्तसम्म गर्न सकिने व्यवस्था भएकाले त्यसअघि नै राजीनामा दिएका हुन् ।
आईजीपी नियुक्ति भएसँगै एआईजी पोखरेल एक महिना बिदामा बसेका थिए । त्यसपछि उनले पुनः बिदाका लागि निवेदन दिएका थिए । तर, आईजीपी सिंहले बिदा अस्वीकृत गरिदिएका थिए ।
एक महिनाको बिदा सकिएलगत्तै एआईजी पोखरेल आफ्नो जिम्मेवारी पूरा गर्न कार्यालय गएका थिएनन् । उनी प्रहरीमा आफ्नो दायित्व पूरा गर्नुभन्दा सर्वोच्चमा परेको मुद्दामा बढी केन्द्रीत भएका थिए । प्रहरीको नियमावलीअनुसार ४५ दिनसम्म कुनै कर्मचारी गैरहाजिर भए त्यो कर्मचारी स्वतः बर्खास्त हुने व्यवस्था रहेको छ ।
वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित एआईजी पोखरेलले गत वैशाख १९ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए । वरिष्ठता मिचिएको सन्दर्भमा सर्वोच्चको यसअघिको फैसला नै बलियो नजिर भएकाले प्रथम दृष्टिमै सरकारको निर्णय बदर हुने जिकिर रिटमा गरिएको छ ।
















ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया