सिनेम्याक्समा उल्फ एयरको मास्क जडान

काठमाडौँ । उल्फ एयर मास्क नेपाली बजारमा बिक्री वितरण सुरु भएको छोटो समयमै बजारमा उत्कृस्ट प्रतिक्रिया प्राप्त गरेको छ । यसै क्रममा गत शुक्रबार नेपालकै ठूलो मानिएको गुण सिनेमा अन्तर्गतको दरबार सिनेम्याक्सले आफ्नो सिनेमा हलमा उल्फ एयर मास्क जडान गरिएको छ ।
जसले सिनेमा हलका दर्शकहरुलाई कोरोनालगायतका भाइरसबाट सुरक्षा प्रदान हुने बताइएको छ । प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठ र दरबार सिनेम्याक्सका कार्यकारी निर्देशक दिप्रस शाक्यबीच भएको सम्झौताअनुसार उल्फ एयर मास्क एक हजार स्क्वायर फिटका ५ वटा डिभाइस उक्त सिनेमा हलमा लगाइएको छ ।
उक्त प्रडक्ट दरबार सिनेम्याक्समा जडान गर्नु अगाडि ७२ एयर क्वालिटी इन्डेक्स पियम २.५ः२२ युजी प्रति मेट्रिक क्युब देखाइरहेको थियो । जडान पश्चात १२ एयर क्वालिटी इन्डेक्स र पियम २.५ः४ युजी प्रति मेट्रिक क्युब देखाएको थियो ।
जडान गरेको ४ देखि ५ घण्टाभित्र उक्त प्रडक्टले रिजल्ट देखाएको थियो । यो प्रडक्ट ७ देखि १० वर्षसम्म प्रयोग गर्न सकिने कम्पनीका सहायक निर्देशक रोजन श्रेष्ठले बताए । उक्त प्रडक्टको जडान पश्चात दरबार सिनेम्याक्सको रिजल्ट तल देखाइएको दृश्यमार्फत पनि थाहा पाउन सकिन्छ ।
जर्मन टेक्नोलोजी प्रयोग गरेर अल अबाउट इनोभेसन्स नामक संस्थाद्वारा भारतमा उत्पादन गरिएको मास्कबाट हावामा रहेको विकार, किटाणु तथा अशुद्धतालाई ९९.९ प्रतिशत नष्ट गरी सास फेर्न लायक हावा प्रवाह गर्ने उक्त उल्फ एयर मास्क पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरी बनाइएको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया