पत्रकार कुटपिटमा संलग्न विद्युतका कर्मचारी धरौटीमा रिहा

चितवन । चितवनका पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गर्ने कार्यमा संलग्न विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखसहित आठ कर्मचारी धरौटीमा रिहा भएका छन् ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केन्द्र प्रमुख राजीवकुमार सिंहसहित आठ कर्मचारीलाई एकमुष्ट २ लाख ४५ हजार रुपैयाँ धरौटी लिएर छाडेका हुन् ।
पत्रकार आचार्यको किटानी जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनले आठ कर्मचारी विरुद्ध आइतबार अभद्र व्यवहारमा मुद्धा दर्ता गरेको थियो ।
आचार्यले वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंह, सुपरभाईजर इलेक्ट्रिकल आन्नद बहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेलविरुद्ध किटानी जाहेरी दिएका थिए।
मदिराको नशामा मातिएर पत्रकार कुट्ने वितरण केन्द्रका कर्मचारीको बचाउमा अरु कर्मचारी लागेका छन् । उनीहरुले मंगलबार विद्युतको कामकाज ठप्प पार्नेदेखि लिएर जिल्ला प्रशासन कार्यालयको गेटमा धर्नासम्म दिए ।
कामकाज ठप्प पारेपछि मंगलबार चर्को घाममा सेवा लिन वितरण केन्द्रमा पुगेका सेवाग्राही त्यसै फर्किन बाध्य भए । ३१ असारको दिन वितरण केन्द्रको कार्यालयभित्रै कर्मचारीले मदिरा सेवन गरेको सूचना पाएपछि पत्रकार आचार्य रिपोर्टिङका लागि कार्यालय पुगेका थिए । त्यसदिन भरतपुरका अधिकांश स्थानमा मर्मतका लागि भन्दै विद्युत लाइन काटिएको थियो ।
पत्रकार आचार्यले मदिरा सेवन गरेको फोटो खिचेको थाहा पाएपछि वितरण केन्द्रका प्रमुख सिंहको निर्देशनमा मदिरामा मातिएका कर्मचारीले आचार्यलाई लखेटी लखेटी कुटेका थिए । पर्खाल नाघेर भागेका पत्रकार आचार्य नजिकैको चितवन पोष्ट दैनिकको कार्यालयमा पुगेर बाँच्न सफल भएका हुन् ।
















होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया