अवैध ७४ लाख मूल्य बराबरको सामान बरामद

काठमाडौँ । करिब ७४ लाख रुपैयाँ मूल्य बराबरको हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।
बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको ना ६ ख ५२७३ नंको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगर २१ परवानीपुरचोकस्थित सडक खण्डमा उक्त मालवाहक ट्रकलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएको उक्त ट्रक र सामानसमेत गरी ७४ लाख ८७ हजार २२३ मूल्यांकन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले बताए ।
उक्त ट्रकलाई रोकी जाँच गर्ने क्रममा बिलबिजक शंकास्पद देखिएको तथा बिलबिजक बिनाका विभिन्न किसिमका हार्डवेयर पार्टस लोड गरिएको भेटिएपछि सामानसहित ट्रकलाई नियन्त्रणमा लिइएको थियो ।
















राष्ट्रपतिले जारी गरे थप एक अध्यादेश
मोरङमा तीन अग्रज पत्रकार सम्मानित
स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
प्रतिक्रिया