आइतबार, माघ ४, २०८२

‘एनसीसी प्रफुल्ल मुद्दती खाता योजना’मा १० गुणासम्म रकम पाउने

मेरोन्यूज २०७९ साउन ६ गते १२:०२

काठमाडौँ । नेपालको वित्तीय क्षेत्रमा विभिन्न प्रकारका सेवा सुविधा दिँदै आएको एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । यस योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने छन् ।

सिमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार दोब्बरदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।

साथै पहिलो वर्षका लागि पाँच लाखसम्मको दुर्घटना बीमा र दुई लाखसम्मको घातक रोग बीमा सुविधा उपलब्ध छ । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले १५६ शाखा १५ एक्स्टेन्सन काउण्टर र १३३ एटीएम वुथ सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया