खैरो हिरोइनसहित तीन भारतीय नागरिक पक्राउ
काठमाडौँ । पुर्नवास नगरपालिका ११ अमरबस्तीस्थित नेपाल–भारत दशगजा क्षेत्र हुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरी पक्राउ गरेको छ ।
बिहीबार साँझ ७८.३७ ग्राम लागु औषध (खैरो हिरोइन)सहित उनीहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका प्रहरी टोलीले खैरो हिरोइनसहित भारतको उत्तर प्रदेशको लखिमपुरको पलिया बस्ने वर्ष २८ का सुमित गुप्ता, वर्ष २४ का लबि गुप्ता र वर्ष २७ का बबि महेन्द्रुलाई पक्राउ गरेको हो ।
सीमानाका हुँदै नेपालतर्फ आउँदै गरेका तीनै जनामाथि शंका लागेर जाँच गर्दा सेतो प्लाष्टिकको थैलीभित्र लुकाएर राखेको अवस्थामा उक्त लागु औषध बरामद गरिएको उनले बताए ।
पक्राउ परेका सुमितको साथबाट २४.४७० ग्राम, लबिको साथबाट २५.६४० ग्राम र बबिको साथबाट २८.२६० ग्राम लागु औषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिए ।
तीनै जनाको साथबाट लागु औषधसँगै भारतीय रुपैयाँ १५ हजारसमेत बरामद गरिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको बताइएको छ । उनीहरू लागु औषधका कारोबारी हुन सक्ने प्रहरीको आशंका गरेको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया