ब्राउन सुगरसहित दाङबाट ४ जना पक्राउ

काठमाडौं । ब्राउन सुगरसहित दाङको तुलसीपुरबाट चार युवा पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को ज्ञानज्योति टोलका २१ वर्षीय अर्जुन नेपाली, सुकौरा बस्ने २५ बर्षीय सागर गन्दर्भ, तुलसीपुर ५ बसपार्कका २३ वर्षीय सन्तोष विक र बसपार्क बस्ने २५ वर्षीय निर्मल घर्तीको साथबाट ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर ६ स्थित शिवा शिखर कोलनी टोलमा ब्राउन सुगर बिक्री भइरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक बखतबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले बिहीबार साँझ ६ बजे उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
उनीहरूको साथबाट ४९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको भनाइ छ। साथै नगद २३ हजार पनि बरामद भएको छ। पक्राउ परेका युवामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
















ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया