सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच सम्झौता, विपन्न महिलाको उपचारको लागी आर्थिक सहयोग गर्ने

काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक चार लाख अस्सी हजार सहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले प्रत्येक “नारी बचत खाताू बापत बैंकको तर्फबाट मासिक रु १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँग यो सम्झौता गरेको हो।
नेपाल प्रहरी अस्पतालमा आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक (Medical director) डा.आशा सिंहज्यू र सानिमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईले हस्ताक्षर गर्नुभएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटिएम संचालनमा रहेका छन्।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया