राणाकालीन भवनमा टिठलाग्दा भग्नावशेष (फोटोफिचर)

काठमाडौं । वि.सं. २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो । भूकम्पले ठूलो जनधनको क्षति गर्यो । ऐतिहासिक, पुरातात्विक सम्पदाहरु ध्वस्त भए । नौ हजार भन्दा बढी मानिसको ज्यान लिएको उक्त भूकम्पपछि नेपालका सामु पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो । रातारात घरबारबिहीन बनेका कतिपय मानिसको त घर बन्यो तर कतिपय अझै घरबारबिहीन छन् ।
भूकम्पले भत्काएका कतिपय सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण भयो भने अझै कतिपय सम्पदाहरु जिर्ण छन् । राजनीतिक खिचातानिका बीच कतिपय ठाउँमा एकीकृत बस्ती बने भने कतिपय परिवारले अझै पालमुनि जीवन व्यतित गरिरहेका छन् । सांस्कृतिक सम्पदाको हविगत पनि त्यो भन्दा फरक छैन । भूकम्प गएको ७ वर्ष पूरा भइसकेको छ ।
यो बीचमा केही स्थानमा राम्रैसँग सांस्कृतिक सम्पदा ठडिएका छन् भने कतिपय स्थानमा अझै पुनर्निर्माणको काम नै अघि बढ्न सकेको छैन । यतिबेलासम्म रानीपोखरी निर्माण सम्पन्न भइसकेको छ भने धरहरा पुनर्निर्माणको अन्तिम चरणमा छ । तर कतिपय राजधानीमा नै रहेका राणाकालीन ऐतिहासिक पुरातात्विक भवनहरु अझै जिर्ण छन् ।
कतिपय भवन अभावमा कार्यालयहरु यसै जोखिमपूर्ण भवनमै सञ्चालनमा छन् । २००७ सालअघि राणापरिवारको अधिनमा रहेका यी भवन पछिल्ला समय सरकारी कामकाजका अड्डाका रुपमा प्रयोगमा थिए । केही भवन पुनर्निर्माण र रेक्ट्रोफिटिङ गरिएपनि धेरै भवन लथालिङ्ग अवस्थामा छोडिएको छ । यी भवन बनाउँदा बज्र प्रयोग गरिएको थियो ।
जंगबहादुर बेलायत भ्रमण गरेर फर्कंदा सुर्की (इटाको धुलो, चुन) प्रयोग गरेर सिमेन्टको विकल्पको रुपमा प्रयोग गरिएको थियो । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालले भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा र राज्यले आवश्यक चासो नदेखाउँदा भग्नावशेष बनेका राणाकालीन भवन समेट्ने प्रयास गरेको छ ।


























Parties have been cooperating when nation faces difficulties: NCP Coordinator Dahal
80.70 billion cubic metres gas deposit confirmed in Jaljale, Dailekh
प्रतिनिधिसभा निर्वाचनः डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
प्रतिक्रिया