आइतबार, वैशाख २०, २०८३

ताप्लेजुङमा श्रीमानले खुर्पाले हिर्काउँदा श्रीमतीको मुत्यु 

मेरोन्यूज २०७९ साउन ७ गते १२:०५

ताप्लेजुङ । श्रीमान कुटपिटबाट फुङलिङ नगरपालिका–९ हाङदेवाका ५४ वर्षीया कान्छीमाया लिम्बूको मृत्यु भएको छ।

Advertisement
NiccNicc

घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । 

प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा खुर्पाको पछाडिको भागले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने जनाउँदै प्रहरीले शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । श्रीमान लिम्बुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया