ताप्लेजुङमा श्रीमानले खुर्पाले हिर्काउँदा श्रीमतीको मुत्यु
मेरोन्यूज
२०७९ साउन ७ गते १२:०५

ताप्लेजुङ । श्रीमान कुटपिटबाट फुङलिङ नगरपालिका–९ हाङदेवाका ५४ वर्षीया कान्छीमाया लिम्बूको मृत्यु भएको छ।
घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा खुर्पाको पछाडिको भागले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने जनाउँदै प्रहरीले शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । श्रीमान लिम्बुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
















निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया