अब गठबन्धनको डम्फु बजाएर बस्न सकिँदैन : माधव नेपाल

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले गठबन्धनको डम्फुमात्रै बजाएर बस्न नसकिने बताएका छन् । आगामी मंसिर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै उनले अब गठबन्धनको डम्फुमात्रै बजाएर बस्न नसकिने बताएका हुन् ।
पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनको डम्फु बजाउने काम छाडेर पार्टीको संगठन सदृढीकरणको काममा जुट्न नेता, कार्यकर्तालाई निर्देशन दिए । स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारुढ अन्य दलहरूले आफूलाई सहयोग नगरेको उनको भनाइ थियो ।
‘सम्भवत मंसिर महिनाको पहिलो सातामा चुनावको घोषणा हुनेछ, अब कति दिन हामीले गठबन्धनको डम्फु बजाएर बस्ने ? अब डम्फु बजाउने होइन, पार्टीलाई बलियो बनाउने डम्फु बजाउने, यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो,’ उनले भने, ‘त्यो बेला हामीले गठबन्धन भएपछि त जितिहालिन्छ, त्यसो हुनाले हामीले स्थानीय तह निर्वाचनमा मेहनत कम गर्यौँ, संगठन बनाउने कुरामा ध्यान कम दियौँ, संगठन विस्तार गर्ने कुरामा ध्यान कम दियौँ, फलस्वरुप हामीले गठबन्धन दलबाट जति सहयोग पाउनु पर्ने हो, जति महत्व पाउनुपर्थ्यो, त्यो पाउन सकेनौँ ।’
उनले आगामी आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने दाबी समेत गरे । स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा नौ लाख २७ हजार भोट पाएको उल्लेख गर्दै उनले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरे ।
‘हामीले उठाएका उम्मेदवार जम्मा २८ प्रतिशत थिए, तर हामीले भोट कति ल्यायौँ थाहा छ ? नौ लाख २७ हजार, सबै ठाउँमा हामीले उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पाउथ्यौं होला, २० देखि २५ लाख भोट पाएपछि २० देखि २५ सिट त हामीलाई कसैले पनि रोक्न सक्दैन नि समानुपातिकबाट,’ उनले भने । उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो पार्टीले आगामी निर्वाचनमा कम्तीमा १२ सिट जित्ने बताए ।
















बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया