‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुल्ला

काठमाडौं । ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक संचालनसंगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ सोसल इन्टरप्रेनरशीप इण्डियाको प्राविधिक सहयोगमा संचालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ ।
कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सुचना प्रविधि लगायतका क्षेत्रमा नविनतम सोच भएका १८ देखि ५० वर्ष पुगेका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ । साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ ।
आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि शुरु गरिएको यस फेलोसिप कार्यक्रमको पहिलो ब्याचमा २० जनालाई छनौट गरिएको थियो । विभिन्न पृष्ठभुमिबाट आएका सहभागीहरुले सामाजिक उद्यम संचालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवासायको ब्राण्डिङ्ग, बजारिकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए । विभिन्न अन्र्तक्रिया कार्यक्रम तथा प्रक्रियाहरुद्वारा सहभागीहरुलाई प्राविधिक तथा व्यवहारीक ज्ञान उपलब्ध गराइएको थियो । आवेदनको अन्तिम दिन बैंकले भदौ २० टोकेको छ ।














‘Rhino Cruise’ coming into operation from Gaindakot
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
46 days to go for HoR elections: EC hopeful of compliance with code of conduct
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुँदै
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया