एमसीसी अनुमोदन गर्न भूमिका खेल्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने भ्रमणका लागि बिहीबार साँझ नेपाल आइपुग्ने भएका छन् । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही सातापछि एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउने भएका हुन् ।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार र शुक्रबार नेपालमा रहने छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसके पनि अन्य क–कसलाई भेटवार्ता गर्ने भन्ने बारे जानकारी बाहिर ल्याइएको छैन ।
उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए । लुले यसअघि एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन काठमाडौंमा आएर राजनीतिक र कुटनीतिक दौडधुप गरेका थिए ।
उनी त्यस बेला नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुनुअघि नेपाल आएका थिए । साथै उनले नेपालका शीर्ष नेताहरूलाई फोन गरेर एमसीसी अनुमोदनको प्रक्रियालाई अगाडि बढाउन पनि आग्रह गरेका थिए ।
















आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया