एमसीसी अनुमोदन गर्न भूमिका खेल्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने भ्रमणका लागि बिहीबार साँझ नेपाल आइपुग्ने भएका छन् । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही सातापछि एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउने भएका हुन् ।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार र शुक्रबार नेपालमा रहने छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसके पनि अन्य क–कसलाई भेटवार्ता गर्ने भन्ने बारे जानकारी बाहिर ल्याइएको छैन ।
उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए । लुले यसअघि एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन काठमाडौंमा आएर राजनीतिक र कुटनीतिक दौडधुप गरेका थिए ।
उनी त्यस बेला नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुनुअघि नेपाल आएका थिए । साथै उनले नेपालका शीर्ष नेताहरूलाई फोन गरेर एमसीसी अनुमोदनको प्रक्रियालाई अगाडि बढाउन पनि आग्रह गरेका थिए ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया