कोरोना उत्पत्ति वुहानमा फेरि लक डाउन

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) उत्पत्ति भएको मानिएको चीनको वुहानमा पुनः लकडाउन सुरु भएको छ । वुहान उपनगरको जनसंख्या १० लाख छ ।
जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउण्डमा बस्न आदेश दिइएको छ ।
चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेसन नियमको कडा पालना र स्थानीय तहमा लकडाउन समावेश छन् । कोभिडविरुद्ध कडाइले चीनमा अन्य देशको तुलनामा कम मानिसहरूको मृत्यु हुने गरेको छ ।
लगातारको प्रतिबन्धले मानिस मर्कामा परेका छन् । तसर्थ, धेरैले यसको विरोध गरेका छन् । एक करोड २० लाख जनसंख्या भएको वुहानमा नियमित परीक्षणका क्रममा दुई दिनअघि दुई जनामा लक्षणविहीन कोभिड देखिएको थियो ।
त्यस्तै, कन्ट्र्याक्ट ट्रेसिङबाट अन्य दुई जनामा संक्रमण भेटिएको पाइएको थियो । त्यस लगत्तै लकडाउन घोषणा गरिएको थियो ।
















चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया