महिलाका नाममा जग्गा लिखत गराउने संख्या घट्यो

गुल्मी । गुल्मीमा महिलाका नाममा जग्गा लिखत गराउने सङ्ख्या घटेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा कम सङ्ख्यामा मात्रै महिलाको नाममा जग्गा लिखत गरिएको छ । सरकारले महिला, दलित र अपाङ्गता भएका व्यक्तिका नाममा जग्गा लिखत गर्दा छुट दिने व्यवस्था गरेको छ । महिलाका नाममा गर्दा २५ र दलितको नाममा गर्दा ५० प्रतिशत छुट गरिएको छ । आव २०७७/७८ मा जिल्ला मालपोत कार्यालयमा कूल दुई हजार छ सय ४१ ले जग्गा लिखत पारित गरेका छन् । सोमध्ये तीन सय ९६ ग्रामीण र एक सय ९१ नगरका गरी कूल पाँच सय ४७ महिलाले आफ्नो नाममा जग्गा लिखत गरेका छन् । यसबाट उनीहरुले रु १३ लाख ९५ हजार ५९ छुट पाएको मालपोत कार्यालय, गुल्मीले जनाएको छ ।
आव २०७७/७८ मा कूल दुई हजार ८१६ जनाले जग्गा लिखत गरेका छन् । सोमध्ये महिला, दलित वा अपाङ्गता भएकाले लिखत गराएको जग्गाबारे कार्यालयसँग तथ्याङ्क छैन । तर महिलाले मात्रै रु २२ लाख ९३ हजार आठ सय ३० छुट पाएका छन् ।
आव २०७७/७८ को तुलनामा २०७८/७९ मा रु आठ लाख ९८ हजार सात सय ६४ कम छुट पाएको कार्यालयका मालपोत अधिकृत खेतबहादुर खत्रीले जानकारी दिए। महिलाले पाउने छुटको अन्तरका आधारमा महिलाका नाममा जग्गा लिखत गर्ने घट्दै गएको खत्रीको भनाइ छ ।
गुल्मीमा महिलाको मात्र होइन, कूल जग्गा लिखत पारित गराउनेको सङ्ख्या पनि घट्दै गएको छ । आव २०७७/७८ मा भन्दा आव २०७८/७९ मा १७५ ले जग्गा लिखत गराउनेको सङ्ख्या घटेको छ । जिल्लामा अहिले जग्गाको कित्ताकाट पनि फरक प्रक्रियाबाट गरिँदै आएको छ । रासस

















Deaths in Iran’s crackdown on protests reach more than 7,000, activists say
मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन: कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी
महाशिवरात्रि विशेषः बाग्मती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो
विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा
Memories of People’s War become refreshed: NCP Coordinator Dahal
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया