शुक्रबार, फागुन १, २०८२

पोखराबाट काठमाडौं उडेको यतीको जहाज ६ मिनेटमै पोखरा फर्काइयो

मेरोन्यूज २०७९ साउन १३ गते १०:३२

पोखरा । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको छ ।
आज बिहान पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो । बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएको बताए । अहिले इन्जिनियरहरुले जहाजको जाँच गरिरहेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया