सर्लाहीमा सवारी दुर्घटना, एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन १३ गते १९:११
सर्लाहीमा सवारी दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मिनिया टोल बस्ने महेन्द्र साहको छोरा अन्दाजी २६ वर्षीय मुकेश साह रहेका छन् ।
शुक्रबार बिहान सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १० किशनपुर टोलस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको ट्रिफर गाडीले बिपरित दिशाबाट जादै गरेको ना २१ प ७४०१ नम्बरको मोटरसाइकलाई ठक्कर दिदाँ रौतहट निवासी मोटरसाइकल चालक साहको घटना स्थलमै मृत्यु भएको हो ।
साहलाई ठक्कर दिने टिफर र टिफर चालक ईलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ ।
सम्बन्धित
















दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया