साउदी पुगेर वर्षदिनमै ३४ नेपालीले गरे आत्महत्या, २०६ जना मृत्यु
मेरोन्यूज
२०७९ साउन १५ गते १५:२९

काठमाडौँ । वैदेशिक रोजगारीमा साउदी अरब गएकामध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८–७९ मा मृत्यु भएको छ । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । ८ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार मृत्यु भएकामध्ये ११२ जनाको प्राकृतिक कारण (हृदयघाटसमेत) र ३४ जनाको आत्महत्या कारण ज्यान गुमाएका हुन् ।
यस्तै, ३१ जनाको सडक दुर्घटना, १४ जनाको कार्य क्षेत्रमा दुर्घटना र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । एक जना नेपालीको भने हत्या भएको थियो ।
सम्बन्धित
















जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
उन्नत लोकतन्त्रका लागि समावेशी निर्वाचन
चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
भोजपुरकाे पौवादुङमामा क्यान्सर जोखिम घटाउन किशोरी लक्षित खोप अभियान सुरु
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया