शाओमीको रेड्मी १० ए स्मार्टफोन नेपालमा

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० ए नेपाली बजारमा सार्वजनिक गरेको छ । किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १० ए प्रयोगकर्ताको उत्पादकता बढाउन समर्पित छ ।
‘टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सिमा फराकिलो पार्दै स्मार्टफोनको विस्तृत दायराको साथ औधोगिक बेञ्चमार्क पार गरेको छ, ग्राहकको रेडमीप्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्ड स्थापित गरी रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ,’ लञ्चका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पण्डाले भने, ‘क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारको साथ हामीले रेड्मी १०ए बजारमा ल्याएका छौँ ।’
रेड्मी १०एको ठूलो ६.५३ इञ्चको एचडी डिस्प्लेले भिडियो तथा मनपर्ने कन्टेन्ट हेर्नका लागि सहज हुने भएको छ । अन्य इन्ट्री लेभल स्मार्टफोनको तुलनामा यसमा भएको थ्री डी कर्भड ब्याकले प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्दछ । साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउँछ ।
यसमा रहेको १३ एमपी मेन क्यामेरा र २ एमपी देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्तालाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ । रेड्मी १० एमा पावर अपको लागि जी २५ प्रोसेसर जडित छ । जुन २.० गिगाहर्जसम्मको क्षमता रहेको अक्टा कोर सीपीयू हो ।
यसमा लामो समयसम्म चल्ने पाँच हजार एम्पिएर ब्याट्री जडित छ । जसले प्रयोगकर्तालाई पूरा दिन सक्रिय रहन मद्दत गर्दछ । रेड्मी १० ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरी तीन रंगमा उपलब्द छ । यो फोन २ जीबी +३२ जीबी र ३ जीबी +६४ जीबी स्टोरेज भेरियन्टमा आउँदछ । जसको मूल्य क्रमशः १३,९९९ र १५,९९९ रहेको छ ।














धरानमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, १३ घाइते
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन
प्रधानमन्त्रीले गरिन् निर्वाचन आयोगका पदाधिकारीसँग छलफल
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया